१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ श्रावण २४ मंगलबार २०:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हजुरबुबा भेट्न आएका बालकको डुबेर मृत्यु

Read Time : < 1 मिनेट
२०७९ श्रावण २४ मंगलबार २०:२२:००

सप्तरीमा पोखरीमा डुबेर दुईवर्षीय एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको घैलाडुबा घर भएका सञ्जय पण्डितका छोरा दीप छन् । 
उनी बाबुसँगै सप्तरी छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका थिए । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले गाउँको डिहबार थानको पूर्वतर्फ रहेको पोखरीनजिकै खेल्ने क्रममा चिप्लिएर पाेखरीमा खसेका बालकको मृत्यु भएको हो । पानीमा डुबेका बालकलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पुर्याइएको थियो । त्यहाँ पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।