१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
सौरभ यादव राजविराज
२o८१ बैशाख १८ मंगलबार १५:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

परीक्षाहलमा मोबाइल लिएर गएका सप्तरीका ७१ विद्यार्थीको परीक्षा रद्द

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:१६:oo

शिक्षा समन्वय एकाइ सप्तरीले परीक्षाहलमा मोबाइल लिएर परीक्षा दिएका ७१ विद्यार्थीको गणित विषयको परीक्षा रद्द गरेको छ । 
अनिवार्य गणित विषयको परीक्षाका क्रममा मर्यादाविपरीत कार्य गरेको आरोपमा सप्तरीका विभिन्न केन्द्रबाट ७१ जना परीक्षार्थीको आइतबारको परीक्षा रद्द गरिएको हो 

शिक्षा समन्वय एकाइ सप्तरीका प्रमुख विजयकुमार मण्डलले विभिन्न केन्द्रबाट ७१ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको जानकारी दिए । 

राजविराजस्थित ह्याप्पील्यान्ड सेकेन्डरी स्कुल परीक्षा केन्द्रबाट २८, राजदेवी मावि परीक्षा केन्द्रबाट १२, पवि माविबाट १० जना, केअ माविबाट सातजना, नरेन्द्र मेमोरियल मावि परीक्षा केन्द्रबाट ६ जना तथा इटहरी विष्णुपुर परीक्षा केन्द्रबाट आठजना परीक्षार्थीको परीक्षा रद्द गरिएको मण्डलले जनाए । 

परीक्षा मर्यादा र आचारसंहिताविपरीत मोबाइल लिएर परीक्षा दिएको पाएपछि उनीहरूको परीक्षा रद्द गरिएको शिक्षा समन्वय इकाइले जनाएको छ ।

यस्तै, परीक्षामा मर्यादाविपरीत कार्य गरेको आरोपमा राजविराजस्थित केअ मावि परीक्षा केन्द्रबाट एकजना कार्यालय सहयोगीलाई निष्कासन गरिएको छ ।

ad
ad