१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २१ शुक्रबार o७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मधेशमा  डुबेर मृत्यु  हुनेको संख्या बढ्दो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२६:oo

पछिल्लो केही वर्षयता मधेश प्रदेशमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ । नेपाल मधेश फाउन्डेसन (नेमाफ) ले आइतबार सार्वजनिक गरेको एक प्रतिवेदनमा ०७२ देखि ०७८ सम्म चार सय पाँचजनाको डुबेर मृत्यु भएको छ । पानीमा डुबेर सबैभन्दा बढी बालकको मृत्यु भएको छ । 

प्रतिवेदनअनुसार मृत्यु हुनेमा बालक ३४३, बालिका २१३, पुरुष २३५ र महिला ८५ छन् । पानीमा डुबेर मृत्यु हुने ३३४ बालकमध्ये १० वर्षमुनिको संख्या १५४ रहेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष मधेस प्रदेशमा डुबेर १५५ जनाको मृत्यु भएको थियो ।

चालू आर्थिक वर्षको माघ मसान्तसम्म ८० जनाको डुबेर मृत्यु भएको नेमाफले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । जनता समाजवादी पार्टीका मधेश प्रदेशका प्रमुख सचेतक रामआशिष यादवले सरकार र ठेकेदारको लापरबाहीका कारण बर्सेनि पानीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको बताए । ठेकेदारले सडक बनाउने नाममा माटो खन्ने र त्यो खाल्डो नभर्नेलगायत कारण पानीमा डुबेर बालबालिकाको मृत्यु हुने घटना बढेको उनको भनाइ छ ।

ad
ad