१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गोदावरी बैठकमा प्रतिशोध साँधियो : रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:२८:oo

एमालेका पूर्वउपाध्यक्ष भीमबहादुर रावलले दशौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेकै कारण प्रतिशोध साँधेर गोदावरीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुनबाट आफूलाई वञ्चित गराइएको आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले त्यस्तो आरोप लगाएका हुन् । 

०७८ मंसिरमा सम्पन्न दशौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार बनेर केपी ओलीसँग पराजित रावल त्यसयता जिम्मेवारीविहीन छन् । केन्द्रीय कमिटी बैठकले सल्लाहकार सदस्य मनोनयन गरे पनि उनले जिम्मेवारी अस्वीकार गरेका थिए । गत ८ र ९ वैशाखमा ललितपुरको गोदावरीमा सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा सहभागी हुनबाट वञ्चित गराउन आफूलाई सुनियोजित रूपमै महाधिवेशन प्रतिनिधि कार्ड उपलब्ध नगराइएको उनको आरोप छ । 

‘बैठकमा जान इच्छुक थिएँ, तर मेरो त परिचयपत्र बनेको रहेनछ, अनि कोही–कोही मान्छेले तर्क गरेको सुनेँ– सबैलाई पठाएको छ हेर्नुपर्छ । को हो र भीम रावल छुट्टै पठाउनुपर्ने ? के त्यसैगरी बेनामी एपबाट महाधिवेशन परिषद् बैठक यति गते हुन्छ भन्ने जानकारी दिँदा केपी ओलीजी मेरो ठाउँमा भएको भए जानुहुन्थ्यो ?’ रावलले भने, ‘एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्पराविपरीत कसैलाई निषेध गर्ने र महाधिवेशनमा उम्मेदवार बनेका कारण प्रतिशोध साँध्नेबाहेक केही पनि होइन । त्यसलाई गम्भीर रूपमा लिएको छु ।’

ad
ad