Skip This
दिउँसै बत्ती बालेर स्वास्थ्यमन्त्री खोज्दै सप्तरीका युवा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १३ बुधबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o मङ्सिर १३ बुधबार १७:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिउँसै बत्ती बालेर स्वास्थ्यमन्त्री खोज्दै सप्तरीका युवा

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o मङ्सिर १३ बुधबार १७:४३:oo

सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अविलम्ब सुरु गर्न माग गर्दै पछिल्ला केही दिनदेखि निरन्तर आन्दोलन गरिरहेको छ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार सप्तरीका युवाहरूले दिउँसै बत्ती बालेर प्रदर्शन गरेका छन्। प्रतिष्ठानको फाइल स्वास्थ मन्त्रालयमा रोकिएकाले उनीहरूले दिउँसै बत्ती बालेर स्वास्थ्यमन्त्री र सांसदको खोजी गर्दै प्रतीकात्मक आन्दोलन गरेका हुन्।

आन्दोलन समितिका संयोजक सत्येन्द्र यादवले यस विषयमा सरकार गम्भीर नहुँदा सम्पूर्ण सप्तरीवासीले दुःख पाएको भन्दै सप्तरीबाट निर्वाचित सांसदहरूलाई एक भएर प्रतिष्ठान निर्माणमा लाग्न आग्रह गरे।

निर्धारित कार्यक्रमअनुसार बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि एक घन्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहनकुमार यादवले बताए। उनले उक्त धर्नामा सहभागी हुन सम्पूर्ण जिल्लावासीलाई आग्रह गरेका छन्।