मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
सौरभ यादव राजविराज
२०८० असोज २ मंगलबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुद्दा मिलाउने नाममा अनुचित असुली धन्दा चलाउन पाइँदैन : सप्तरी प्रशासन

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० असोज २ मंगलबार १२:३८:००

अनुचित लेनदेन मिटरब्याजसम्बन्धी मुद्दा मिलाइदिने बहानामा अनुचित असुली धन्दा नचलाउन जिल्ला प्रशासन कार्यालय सप्तरीले निर्देशन दिएको छ। सोमबार एक सूचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी लेबन कायश्थ अधिकारीले कुनै पनि बहानामा अनुचित लेनदेन नगर्न सूचित गरेको हो।

‘अनुचित लेनदेन पक्ष र विपक्षलाई विभिन्न बिचौलियाको नाममा, संघर्ष समितिको नाममा तथा अन्य नाममा प्रलोभनमा पारी मिलाइदिन्छु भनी रकम असुली गरेको भन्ने लिखित एवं मौखिक उजुरी तथा गुनासो प्राप्त भएको छ,’ सूचनामा भनिएको छ, ‘यस विषयमा जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

सूचनामा पीडित पक्ष र विपक्ष दुबैको प्रत्यक्ष उपस्थितमा छलफल र छानबिन हुने गरेकाले कुनै पनि बिचौलियाले मिलाइदिने बहानामा असुली गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिइएको छ।