मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २३ सोमबार १९:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आमसञ्चार विधेयक पत्रकारमैत्री हुने मुख्यमन्त्री पोखरेलको भनाइ  

Read Time : < 1 मिनेट
२०७९ श्रावण २३ सोमबार १९:३२:००

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले ल्याउन लागको आमसञ्चार विधेयक पत्रकारमैत्री हुने बताएका छन् । प्रेस युनियन कास्कीले सोमबार पोखरामा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्रीले पोखरेलले यस्तो बताएका हुन् । 

देशमा भएका र हुने हरेक परिवर्तनका लागि लडेका पत्रकारहरूलाई अंकुश लगाउने नियत सरकारको नभएको उनको भनाइ थियो । आलोचना गरी आउने समाचारहरूलाई सरकारले आफूले काम गर्दा भएका गल्ती कम्जोरीलाई सच्चाउने माध्यमको रूपमा लिएको उनले बताए । सञ्चारमाध्यम र पत्रकारलाई रक्षा गर्ने दायित्व सरकारको रहेकाले विधेयक पनि सोहीअनुसार आउने उनले बताए । 

सामाजिक संजालमा आउने र गरिने केही टीकाटिप्पणी मर्यादाभन्दा बाहिर गएर गरिने भएकाले त्यस्ता कामलाई नियन्त्रण गर्नेुपर्ने पनि उनले बताए । प्रदेश सरकारले १८ चैत ०७७ मा प्रदेश सभा सचिवालयमा दर्ता गरेको आमसञ्चार विधेयक २५ साउनको प्रदेश सभा बैठकमा पेस गर्ने र चालू बजेट अधिवेशनमा पारित गर्ने तयारी गरेको छ ।