१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण ९ सोमबार २३:४२:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

यू–२० साफ च्याम्पियनसिपमा नेपालको सानदार सुरुवात 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण ९ सोमबार २३:४२:००

भारतमा जारी यू–२० साफ च्याम्पियनसिप फुटबलमा नेपालले सानदार सुरुवात गरेको छ । सोमबार साँझ भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोलले हरायो ।
भारतको भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू–२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मीले एक–एक गोल गरे । 
४१औँ मिनेटसम्म माल्दिभ्सले नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो । तर, ४२औँ मिनेटमा दीपेशले सानदार लामो सट प्रहार गर्दै नेपाललाई अग्रता दिलाए । यसपछि नेपाली टोलीलाई माल्दिभ्सले रोक्न सकेन । 
माल्दिभ्सको पोस्टमा नेपालले एकपक्षीय आक्रमण गरेको थियो । कप्तान आयुषले डिबक्स बाहिरबाट प्रहार गरेको फ्रिकिक माल्दिभ्सका गोलरक्षक सैहन अलीले पन्च गरेका थिए । डिबक्स बाहिर रहेका दीपेशले त्यसमा कडा प्रहार गरी बललाई जाली चुमाए । 
५८औँ मिनेटमा नेपालले अग्रता दोब्बर पा¥यो । माल्दिभ्सको डिफेन्स कटाएर सुगमले दोस्रो बारको कुना च्यापेर अर्को सानदार गोल गरेका थिए । 
६२औँ मिनेटमा नेपालले पेनाल्टीमार्फत ३–० को अग्रता लियो । कप्तान आयुषलाई डिबक्सभित्र विपक्षी खेलाडीले फल गरेपछि नेपालले पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । त्यसमा क्रितिशरत्नले गोल गरे । खेलको अन्तिम इन्जुरी समयमा मनग्यले गोल गरेपछि नेपाल ४–० ले विजयी भयो । 
नेपालको गोलपोष्टमा माल्दिभ्सले दुई राम्रा प्रहार गरेको थियो । तर, गोलरक्षक ईश्वर गुरुङले उत्कृष्ट बचाउ गर्दै प्रयासलाई विफल पारे । 

सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुष घलानको कप्तानीमा रहेको नेपाली टोलीले अब दोस्रो खेलमा बुधबार श्रीलंकाको सामना गर्नेछ । 
त्यसपछि नेपालले १५ साउनमा आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले १७ साउनमा बंगलादेशसँग खेल्नेछ । सहभागी पाँच टोलीको राउन्ड रोविनपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
मुख्य प्रशिक्षक मेघराज केसीको प्रशिक्षणमा नेपाली टोली प्रतियोगितामा सहभागी भएको छ ।