१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३ मंगलबार १७:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गभर्नर अधिकारीको बर्खास्तीकाे माग गर्दै तीन विद्यार्थी संगठनद्वारा संघर्षका कार्यक्रम घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १७:४५:oo

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै तीन विद्यार्थी संगठनले संघर्षका कार्यक्रम घोषणा गरेका छन्। प्रतिपक्ष दलको सदस्यता लिएर अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अनैतिक व्यक्तिबाट राजीनामाको अपेक्षा गर्नु मूर्खता हुने भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले संघर्षका कार्यक्रम घोषणा गरेका हुन्। 

'सेयर कारोबार, क्रिप्टोकरेन्सीजस्ता विभिन्न विवादमा मुछिएका उनी प्रतिपक्ष दलको सदस्यता लिएर मुलुकको अर्थतन्त्र ध्वस्त पार्न सक्रिय रहेको अहिले प्रमाणित भएको छ। यस्ता अनैतिक व्यक्तिबाट राजीनामाको अपेक्षा गर्नु मूर्खता हुनेछ,' मंगलबार जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक संघर्षका कार्यक्रमअनुसार आज श्रावण ३ गते अधिकारीको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री र सभामुखलाई ज्ञापन-पत्र बुझाउने, ४ गते राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित देशैभरिका कार्यालयहरूमा कालो ब्यानर राख्ने, ५ गते प्रज्ञा भवन डबलीमा कार्टुन प्रदर्शन तथा अन्तर्क्रिया गर्ने, ६ गते देशैभरका क्याम्पसहरूमा विरोध कार्यक्रम गर्ने तथा ७ गते अधिकारीको बर्खास्तीको माग गर्दै संसदमा आवाज उठाउन सांसदहरूलाई अनुरोध गर्दै प्रदर्शनीमार्गबाट सन्देश पठाउने बताइएको छ।