Skip This
कर्णाली प्रदेश सभा बैठक सत्तापक्षबाटै बहिष्कार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Saturday, 27 July, 2024
रमेश रावल सुर्खेत
२o७९ श्रावण ३ मंगलबार १७:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभा बैठक सत्तापक्षबाटै बहिष्कार

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार १७:१२:oo

कर्णाली प्रदेश सभाको बैठक सत्ता साझेदार माओवादी केन्द्रले बहिष्कार गरेको छ। मंगलबार बसेको कर्णाली प्रदेश सभाको दशौँ अधिवेशनको छब्बीसौँ बहिष्कार गरेको हो।

कर्णालीमा कांग्रेस नेतृत्वमा, माओवादी केन्द्र, एकीकृत समाजवादीको सत्ता साझेदार रहेका छन्। माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्ता साझेदार दलहरूलाई बेवास्ता गरेर सरकारको नेतृत्व तथा संसद् सचिवालयमा माओवादी केन्द्रलाई पेल्न खोजेको भन्दै संसद् बहिष्कार गरेको छ। 

हाम्रो दल सत्ता साझेदार दल भएको कांग्रेस नेतृत्वका मुख्यमन्त्रीले आफूहरूलाई बेवास्ता गरेका कारण संसद् र सत्ता साझेदार दलको बैठकमा उपस्थित नहुने माओवादी केन्द्रका सांसद गोपाल शर्माले बताए। ‘हाम्रो दलको मागलाई पूर्ण रुपमा बेवास्ता गरिएको छ,’ उनले भने, ‘हाम्रो भागमा परेको अर्थ तथा स्रोतसाधन समिति सभापतिको चुनाव अन्तिम अवस्थामा माथिको आदेश भन्दै किन रोकियो ?’

संसदीय दलको नेता तथा कार्यालय नभएको पनि शर्माले आपत्ति जनाए। ‘दलको नेता कहाँ बस्नुबर्छ भन्ने थाहा नभएको हो,’ उनले भने, ‘माओवादी केन्द्र दलको नेताको कार्यालय किन राखिएको छैन ?’  

विगतमा पनि गठबन्धनको सरकार भएको अहिलेको सरकारलाई थाहा नभएको उनको आरोप थियो।  ‘सरकार प्रमुखलाई भन्न चाहन्छु । विगत गठबन्धन कस्तो थियो। किकर्णाली प्रदेश सभा बैठक सत्तापक्ष दलबाटै बहिष्कृतन भुल्नुभयो,’ उनले भने, ‘सरकारले के माओवादीलाई लतारेर लिन सकिन्छ भन्ने सोचेको हो?’ 

विधेयक निर्माणमा सांसद भूमिका गति लिन नसकेको सांसद शर्माले आरोप लगाए। ‘माओवादीलाई  सरकारले निषेध गर्न खोजेको छ। सांसदहरूले ल्याएका विधेयक पनि किन निषेध गर्न खोजेको हो,’ उनले भने, ‘अब हाम्रो पार्टी सरकार तथा संसदीय दलको बैठकमा माओवादी पार्टी उपस्थित हुँदैन।’