१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चुनावपछि पनि गठबन्धन रहन्छ : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १५:४६:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपालमा स्थायित्व ल्याउन गठबन्धन आवश्यक रहेको बताएका छन् । बिहीबार प्रेस युनियन तनहुँले दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले आगामी प्रदेश सभा तथा र संघीय निर्वाचनको लागि गठबन्धन गरेर अघि बढ्नुपर्ने बताए । 

‘देशलाई विकासको बाटोमा अघि बढाउनका लागि स्थिरता आवश्यक भएकाले गठबन्धन चाहिन्छ । अहिले कांग्रेस र कम्युनिस्टको सवाल हैन स्थिरताको हो,’ उनले भने ।

नेता पौडेलले पछिल्लो समय कृषकले मल नपाएर झेल्नुपरेको समस्याको बारेमा राज्यले समयमै सोचेर मल आयात गर्नुपर्ने बताए । खेती गर्ने वेलामा कृषकले मल नपाउनु दुःखद भएको भन्दै त्यस्ता विषयमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो । ‘किसान वर्गलाई सहायता दिन बनेको कृषि सामग्री संस्थानलाई कम्पनी बनाए । संस्थानलाई कम्पनी लिमेटेड बनाएर व्यापारीको रूपमा पठाउँदा देशलाई धोका भएको छ । लाखौँ किसानलाई मार परेको छ । यसलाई संस्थान बनाउनुपर्छ,’ उनले भने ।

आयल निगमलाई निजी कम्पनीको जिम्मामा छाड्दा देशलाई संकट परेको वेला ठूलो धोका हुन सक्क्ने उनको धारणा थियो । निगमको व्यवस्थापनमा सुधार गरेर चलाउनुपर्नेमा उनको जोड थियो । 
 

ad
ad