१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १५ मंगलबार
  • Tuesday, 28 May, 2024
दीपक भट्ट रामेछाप
२o८१ जेठ १५ मंगलबार o८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मोटरसाइकल दुर्घटनामा तीन स्वास्थ्यकर्मी घाइते

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o८१ जेठ १५ मंगलबार o८:५२:oo

मन्थली नगरपालिका– १३ फुलासीस्थित आरुबोटे सडकखण्डमा सोमबार साँझ बागमती प्रदेश ०२–००७ प ३८७४ मोटरसाइकलको ब्रेक फेल भई दुर्घटना हुँदा तीनजना स्वास्थ्यकर्मी घाइते भएका छन् । उक्त दुर्घटनामा परी घाइते हुनेमा मोटरसाइकलचालक सर्लाही जिल्ला गोठेटा नगरपालिका– २ बेलुवाजदी घर भई हाल दोलखाको मेलुङ गाउँपालिका– ६ मा रहेको स्वास्थ्यचौकीमा कार्यरत वर्ष २५ का हरेन्द्र बैठा रहेका छन् । 

त्यस्तै, गुल्मी घर भई दोलखाको मेलुङ गाउँपालिका– २ मा रहेको स्वास्थ्यचौकीमा कार्यरत वर्ष २१ का मनीष पन्थी र सर्लाही जिल्ला बरखवा नगरपालिका– १५ टिपरभित्ता घर भई हाल दोलखाको मेलङ गाउँपालिका– १ मा रहेको स्वास्थ्यचौकीमा कार्यरत वर्ष २४ का उजित ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रञ्जन गिरीले जानकारी दिए । 

दुर्घटनामा परी घाइते भएकाहरूको स्थानीयले तत्काल उद्धार गरी दोलखाकै किर्नेटारमा रहेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । उपचारपछि प्रहरीले मोटरसाइकलचालक हरेन्द्र बैठालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। उनीहरू एउटै मोटरसाइकलमा तीनजना सवार थिए । दोलखाको मेलुङ स्वास्थ्यचौकीमा कार्यरत उनीहरू रामेछापको मन्थली नगरपालिका– १३ फुलासीको सडकमार्ग हुँदै दोलखाको सदरमुकाम चरिकोटतर्फ जाँदै थिए । 

ad
ad