१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:५o:oo

संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।  बिहान ११ बजे सुरु हुने बैठकमा  गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता विधेयक २०७९ पेस गर्नेछन् ।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक२०७६ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव राख्ने, राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको नेपाल रेल्वे विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने, स्वास्थ्यमन्त्री खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्ने र राष्ट्रिय सभामा उत्पत्ति भएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

ad
ad