१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १४:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपालले गुमायाे दोस्रो विकेट, अनिल शाह क्याचआउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १४:४५:oo

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ। 

त्रिवि क्रिकेट मैदानमा तेस्रो खेलमा दुई सय २८ रन लक्ष्य पछ्याइरहेको नेपालले अनिल शाहलाई क्याचआउटको रूपमा गुमाएको हो। 

इनिङ्सको ६.४ ओभरमा अनिल छक्का प्रहार गर्ने क्रममा जोनसन चार्ल्सबाट सहज क्याचआउट भएका थिए। अनिलले १९ बलमा दुई छक्काको सहयोगमा १४ रन जोडेका थिए। 

वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरी २० ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रनको योगफल खडा गरेको थियो। वेस्ट इन्डिजका लागि तेस्रो खेलमा गुडाकेस मोतीले एक विकेट लिएका छन्। 

नेपालले सात ओभरमा दुई विकेट गुमाएर ५९ रन बनाएको छ। नेपाललाई ७६ बलमा एक सय ६९ रन आवश्यक छ। जित निकाल्न नेपालले प्रतिओभर १३.५२ रन बनाउनुपर्छ। 

ad
ad