१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
२o८१ जेठ ८ मंगलबार १३:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको छ : उपमहासचिव ज्ञवाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:२४:oo

नेकपा एमालेका उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोकप्रियता प्रमाणित गरेको बताएका छन्। 

पार्टीको तीनदिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आएका ज्ञवालीले इलाममा वियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन्। 

उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरू र राजा ल्याउँछौँ भन्नेहरूको अवस्था पनि थाहा भएको बताए। ‘इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरूको अवस्था पनि देखियो। राजा फर्काउँछौँ भन्नेहरूले हजार भोट पनि कटाउन सकेनन्,’ ज्ञवालीले भने। 

उनले पानी कति तातो वा चिसो छ भन्ने थाहा पाउन एउटा औँला डुबाएर परीक्षण गर्दा थाहा हुने बताउँदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे। कार्यकर्ताहरू माझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको बताउँदै याे उत्साहलाई पार्टी निर्माणमा लगाउनुपर्ने धारणा राखे। 

नेता ज्ञवालीसँगै पार्टीका स्कुल विभागका सचिव घनश्याम कोइराला, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र रावल, पोलिटब्युरो सदस्य निरु पाललगायतका नेता बैतडी आइपुगेका छन्।

ad
ad