१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ९ बुधबार १३:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई दोस्रो सफलता, चार्ल्सले ५५ बलमा बनाए शतक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १३:४५:oo

नेपालले वेस्ट इन्डिज ‘ए’विरुद्ध दोस्रो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार नेपालले दोस्रो विकेटको रूपमा एन्ड्रे फलेचरको विकेट लिएको हो। 

सागर ढकालले आफ्नो चौथो ओभरमा फलेचरको विकेट क्याच आउटका रूपमा लिए। लामो छक्का प्रहार गर्ने चक्करमा फलेचर नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए। 

उनले ३३ बलमा ३ छक्का र चार चौका प्रहार गर्दै ५३ रन बनाए । चार्ल्स र फलेचरले दोस्रो विकेटका लागि एक सय ४५ रनको साझेदारी गरेका थिए। 

यसैगरी जोनसन चार्ल्सले नेपालविरुद्ध शतक पूरा गरेका छन्। उनले केवल ५५ बलमा एक सय १ रन बनाएका छन्। यसक्रममा उनले १२ चौका र ६ छक्का प्रहार गरे।

ad
ad