१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजले जोड्यो १० ओभरमा १०९ रन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:१२:oo

वेस्ट इन्डिज ‘ए’ नेपालविरुद्धको तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गरिरहेको छ। पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजले १० ओभरको खेल समाप्तिसम्म एक विकेट गुमाउँदै १०९ रन जोडेको छ। 

वेस्ट इन्डिजको रनरेट १०.९० रहेको छ। पछिल्लो पाँच ओभरमा वेस्ट इन्डिजले ५१ रन जोडेको थियो। क्रिजमा एन्ड्रे फलेचरले १७ बलमा समान एक चौका र छक्का प्रहार गरी २२ रन जोडेका छन्। 

जोनसन चार्ल्सले ३३ बलमा पाँच छक्का र सात चौकाको सहयोगमा ६८ रन बनाएर खेलिरहेका छन्। त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुनै पनि बलरले विकेट लिएका छैनन्। 

वेस्ट इन्डिजको एक विकेट रनआउटको रूपमा पतन भएको थियो । गुल्सन झाले दुई ओभरमा ११ रन तथा कुशल मल्लले दुई ओभरमा २६ रन दिएका छन् ।

ad
ad