१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १५:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरौँ : सांसद सिटौला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:५४:oo

प्रतिनिधिसभा सदस्य लीलादेवी सिटौलाले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएकी छिन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सिटौलाले यस्तो माग गरेकी हुन्।

सांसद सिटौलाले संघ र प्रदेशको सांसद संख्या घटाएर सानो बनाउनुपर्ने र पूर्ण समानुपातिक बनाउनुपर्नेसमेत बताइन्। स्थानीय तहलाई प्रदेशको मातहतमा राख्नुपर्ने उनको तर्क छ।

‘म सत्तापक्ष र प्रतिपक्षका नेताहरूलाई आग्रह गर्न चाहन्छु कि अब प्रत्यक्ष कार्यकारीको व्यवस्था गरौँ। प्रत्यक्ष कार्यकारी व्यवस्थाका लागि छलफल गरौँ। स्थानीय निकायलाई प्रदेशमातहत राखौँ। संघ र प्रदेशको जम्बो सांसद घटाएर सानो बनाऔँ। तर, पूर्ण समानुपातिक, समावेशी बनाऔँ। केन्द्रमा पाँच, ६ वटा मन्त्रालय मात्रै राखौँ। विकासे पुँजीलाई केन्द्रीकृत नगरौँ, जनताको घर, आँगनमा पुर्‍याउन प्रदेशमार्फत काम गरौँ। प्रत्यक्ष कार्यकारीले संविधानविपरीत कार्य गरे संसदको बहुमतले फिर्ता बोलाउन सक्ने व्यवस्था गरौँ,’ उनले भनिन्।

ad
ad