१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २६ आइतबार ०७:२९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

प्रभु बैंकका ग्राहकले अल्फा हेल्थ केयरमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २६ आइतबार ०७:२९:००

प्रभु बैंक लिमिटेडका ग्राहकले अल्फा हेल्थ केयर एन्ड डाइगोनोस्टिक सेन्टरमा सेवा लिएबापत तिर्नुपर्ने शुल्कमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई छुट दिने विषयमा बैंक र हल्फा हेल्थ केयरबीच सम्झौता भएको हो । 

सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले अल्फा हेल्थ केयरमा सञ्चालित सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १५ प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, थप डाक्टर परामर्श चाहिएमा र डाक्टरको सुझावअनुसार गरिने प्रयोगशाला परीक्षण सेवामा पनि १५ प्रतिशत छुट हुने बैंकले जनाएको छ ।

हेल्थ केयरको फार्मेसीमा पनि ५ प्रतिशत छुटका साथै दुई हजार रुपैयाँभन्दा बढीको औषधि खरिद गरेमा पाँच किलोमिटरसम्म निःशुल्क डेलिभरीको व्यवस्था रहेको जनाइएको छ ।सम्झौतामा बैंकका मानव संसाधन विभाग प्रमुख रमेश थापा र अल्फा हेल्थ केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुलीले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअन्तर्गत प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर र पिओएस मेसिन च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।