१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सेतीमा बगेर बेपत्ता भएका युवक अझै फेला परेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१८:oo

डोटीको शिखर नगरपालिका– १० गहनानस्थित सेती नदीमा बगेर बेपत्ता भएका अमरगढी नगरपालिका– ६ छचोडाका अन्दाजी २७ वर्षीय वीरेन्द्र ताम्राकार अझै फेला परेका छैनन् । बुधबार दिउँसो डडेल्धुराबाट मलामी आएका उनी डोटीको गहनानस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए ।

नदीमा बगेको खबर पाएलगत्तै प्रहरी टोली परिचालन गरिए पनि उनको अहिलेसम्म कहीँकतै पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी भोला भट्टले जानकारी दिए । उनले भने, ‘युवक बगेको खबर पाएलगत्तै स्थानीयवासी तथा प्रहरी टोली परिचालन भएको छ, अहिलेसम्म पत्ता लगाउन सकेका छैनौँ, खोजीकार्य जारी छ ।’

वर्षातका कारण नदीमा पानीको बहाव बढेको र पानी धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको प्रहरीले जनाएको छ । सेती नदीमा आफन्तको शव जलाउन आएका वेला उनीसँगै अर्का विनोद ताम्राकार पनि नदीमा बगेका थिए ।  ताम्राकार करिब दुई सय मिटर तल बानीडुग्रीसैननजिक घाइते अवस्थामा फेला परेका थिए भने वीरेन्द्र अहिलेसम्म बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

ad
ad