१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षा संवेदनशीलताका कारण उपत्यकाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२o:oo

गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गरेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाणले यस्तो बताएका हुन्।

सो विधेयकमा सरकारले प्रदेश प्रहरीको अधिकार कटौती गरेर संघीय प्रहरीलाई दिने कुनै मनसाय नराखेको उनले पटक–पटक दोहोर्‍याए। ‘सरकारले जुन यो विधेयक ल्याएको छ, राजधानीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ल्याएको हो। यसमा प्रदेश प्रहरीको अधिकार कटौती गर्ने कुनै मनसुवा नै होइन,’ उनले भने।

बैठकमा सत्तारुढ माओवादी केन्द्रकी सांसद यशोदा गुरुङ सुवेदीले सरकारले संघीयताको मर्मविपरीत प्रदेश प्रहरीको अधिकार कटौती हुने गरी सो विधेयक ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्।

ad
ad