१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिंहदरबारस्थित वैद्यखानालाई सुधार गर्छौँ : स्वास्थ्यमन्त्री खापुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:o४:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सिंहदरबारस्थित वैद्यखानालाई सुधार गर्ने बताएका छन्। सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले स्वास्थ्य क्षेत्रमा लामो इतिहास बोकेको वैद्यखानालाई व्यवस्थित गर्न सरकारले चासो दिने बताएका हुन्। 

‘वैद्यखानालाई धेरै सुधार गर्नुपर्ने अवस्थाहरू छन्, वैद्यखाना आयुर्वेदको कुरा धेरै चलेको छ,’ उनले भने, ‘त्यहाँ एक सय ३५ थरीका औषधि उत्पादन हुन्छन्, तर अहिले त्यसको हालत दुःखलाग्दो छ, यसलाई सुधार गनुपर्छ।’

वैद्यखानामा नेतृत्व परिवर्तन भएकाले नयाँ नेतृत्वले त्यसलाई राम्रो बनाउने र सरकारले आवश्यक सहयोग गर्ने मन्त्री खापुङको भनाइ छ। तर, पछिल्लो समय वैद्यखानाको मर्मतसम्भार र संवर्द्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको उनले बताए ।
 

ad
ad