१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
रासस काठमाडौं
२o८१ जेठ ५ शनिबार १७:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:३५:oo

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेकी जापानकी विदेशमन्त्री कामीकावा योकोबीच भेटवार्ता सम्पन्न भएको छ।

परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आइतबार मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए।

भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए। ‘दुवै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो,’ उपप्रधानमन्त्री श्रेष्ठले भने।

जापानी विदेशमन्त्री कामीकावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे। विदेशमन्त्री कामीकावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्।

जापानको विदेशमन्त्री नियुक्त भएपछि कामीकावाको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उनले यसअघि काठमाडौं दरबार क्षेत्रको अवलोकन गरेकी थिइन्।

ad
ad