१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १७:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दैलेखको दुल्लुमा नबिल बैंकको २६८औँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १७:४९:oo

नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले आफ्नो २६८औँ शाखाको रूपमा दुल्लु नगरपालिकामा शाखा विस्तार गरेको हो।

शाखा विस्तारसँगै दुल्लु नगरपालिकामा पहिलो निजी क्षेत्रको बैंकका रूपमा सेवा दिन सफल भएको बैंकले जनाएको छ।

नगरपालिकाका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) मनोज ज्ञवाली, स्थानीय जनप्रतिनिधिहरू, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा गत शुक्रबार दुल्लु शाखाको उद्घाटन गरिएको हो।

कार्यक्रममा नगरप्रमुख रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने बताए। बैंकका डेपुटी सिइओ ज्ञवालीले ऐतिहासिक महत्त्व बोकेको दुल्लु क्षेत्रमा नयाँ शाखा सञ्चालनमा ल्याउन पाएकोमा खुसी व्यक्त गरे।
 

ad
ad