मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १७ शुक्रबार १९:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच भेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १७ शुक्रबार १९:०५:००

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालका अनुसार प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो। 

भेटका क्रममा सहभागी महासचिव भुसालका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो । ‘भेटमा सामान्य छलफल मात्रै भयो, बागमतीमा प्रदेश सरकार र अरू विषयमा भेटमा कुराकानी भएन, उनले नयाँ पत्रिकासँग भने ।

बागमतीमा प्रदेश सरकार परिवर्तनको चर्चा, जनता समाजवादी पार्टी (जसपा) मा देखिएको विवादबीच देउवा र नेपालबीचकाे भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।