१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Saturday, 05 July, 2025
फाइल फाेटाे
समाचार डिजिटल संस्करण

सत्तागठबन्धनका दलको बैठक बस्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १४:४१:oo

सत्तागठबन्धनमा आबद्ध दलको बैठक आज अपराह्न बस्ने भएको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा राष्ट्रिय जनमोर्चाबाहेकका दलको बैठक बस्न लागेको हो।

बैठकबारे जनमोर्चालाई जानकारी नरहेको सो पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन्। बैठक बस्ने विषयलाई एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पुष्टि गरेका छन्। ‘हामीलाई बैठकबारे जानकारी आएको छ। अरू कुन–कुन दललाई बोलाइएको छ त्यसबारे जानकारी छैन,’ उनले भने।

बैठकमा जनता समाजवादी पार्टीबाट मन्त्री हेरफेर तथा बागमती र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री हेरफेरको विषयमा समेत छलफल हुने बालुवाटार स्रोतले जनाएको छ। बागमतीमा माओवादी र कांग्रेसका सांसदले चुनाव घोषणा हुनुअघि नै मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छाड्न दबाब दिन हस्ताक्षर संकलन गरेका थिए।

यता जसपामा समेत संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सहमतिमै पार्टी विभाजनको निर्णय गरेपछि यादवले मन्त्री हेरफेरको तयारी गरेका छन्। यसै क्रममा बस्न लागेकाे सत्तागठबन्धनकाे बैठकमा यी सबै विषयले प्रवेश पाउने अनुमान गरिएकाे छ।