मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ असार १७ शुक्रबार ११:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार ११:oo:oo

राष्ट्रिय सूचना आयोगले सूचना लुकाउने राजपुर नगरपालिकाको कार्यालय, रौतहटका कार्यालय प्रमुख बैजु ठाकुरलाई रौतहट १० हजार जरिवाना गरेको छ । कार्यबाहक प्रमुख सूचना आयुक्त कमला ओली थापा र सूचना आयुक्त रत्नप्रसाद मैनालीको इजलासले जरिवाना र पुनरावेदकको मागबमोजिमको सूचना उपलब्ध गराउन आदेश गरेको हो । 

आयोगमा अनुसार राजपुर नगरपालिकाका एक्रामुल हकले राजपुर नगरपालिकाको कार्यालय, रौतहटसमक्ष कोरोना महामारीका क्रममा नगरपालिकाको क्वारेन्टिनमा रहेको मानिसहरूको संख्या, खर्चको विवरण र कम्बल वितरणको संख्यालगाायतका विषयमा सूचना माग गरेका थिए । तर, सूचनाको हकसम्बन्धी कानुनी प्रक्रिया पूरा गर्दासमेत सूचना नपाएपछि आयोगमा पुनरावेदन गरका थिए । आयोगमा पुनरावेदन परेपछि आयोगले पटकपटक सूचना उपलब्ध गराउन ताकेता गरेको थियो । तर, कार्यालय प्रमुखले यसलाई अटेर गरेपछि आयोगले यस्तो फैसला गरेको हो । 

‘कार्यालय प्रमुख बैजु ठाकुरलाई पटक–पटक सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम कारबाही हुने व्यहोराबाट सजग गराउँदा, चेतावनी दिँदा पनि आफ्नो जिम्मेवारी पालनामा पूर्णतः गैरजिम्मेवार देखिएका छन्,’ आयोगको १३ असारको आदेशमा भनिएको छ,‘ यसर्थ, नागरिकको संविधान प्रदत्त मौलिक हकको प्रचलनका लागि एक स्वतन्त्र आयोगबाट पटक–पटक चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र प्रदर्शन गर्ने पदाधिकारीलाई दण्डित गर्नुको विकल्प आयोगसँग रहेन ।’