१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १७ शुक्रबार ०९:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोट–डोल्पा सडक अवरुद्ध    

Read Time : < 1 मिनेट
२०७९ असार १७ शुक्रबार ०९:५६:००

जाजरकोट–डोल्पा सडक अवरुद्ध भएको छ । जाजरकोटको नलगाड नगरपालिका– ८ मालुवामा पहिरो गएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प छ ।

बिहानदेखि सडक अवरुद्ध भएपछि रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीयवासी समस्यामा परेका छन् । सडक खुलाउने काम भइरहेको नलगाड नगरपालिकाका नगरप्रमुख डम्बर रावतले बताए । कच्ची सडक र भिरालो जमिन भएका कारण यहाँ पटक–पटक सडक अवरुद्ध हुने गर्छ । नेपाली सेनाले निर्माण गरेको सो सडक स्तरोन्नतिको काम भइरहेको छ ।

मौसम खराबीका कारण हवाई सेवा ठप्प भएर स्थलमार्गमार्फत यात्रा गरिरहेका डोल्पाका यात्रु बिहानैदेखि बाटोमै थन्किएका छन् । ठूलो चट्टान खसेकाले बाटो नै पुरेर भेरी नदीमा मिसाएका कारण मर्मतका लागि समय लाग्ने स्थानीयले बताएका छन् ।