मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार १२:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुस–युक्रेन युद्धले अर्थतन्त्रमा चुनौती थप्यो : गभर्नर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार १२:०७:००

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन् । 

बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको नवनिर्वाचित कार्यसमितिको शपथ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको विश्वभर परेको असरले नेपालसमेत प्रभावित भएर अर्थतन्त्रमा नयाँ चुनौती थपिएको बताएका हुन् ।

गभर्नर अधिकारीले विश्व अर्थतन्त्रमा संकट देखापरेको भन्दै त्यसको प्रभावले पछिल्लो समय वस्तुको मूल्यवृद्धिमा चाप परेको बताए । अहिले मूल्यवृद्धिको चाप विश्वले भोग्नुपरेको बताए । मुलुकको अर्थतन्त्र सुधार गर्न सबैले मिलेर काम गर्नुपर्ने समय आएको पनि बताए । गभर्नर अधिकारीले चार्टर्ड एकाउन्टेन्ट्सहरले दिने भूमिका मौद्रिक नीतिमा महत्वपूर्ण हुने गरेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्याको छलफल तथा समाधानको गर्ने चार्टर्ड एएकाउन्टेन्ट्स संघ तयार रहने बताए । उनले चार्टर्ड एकाउन्टेन्ट्सहरू विभिन्न संघसंस्थाहरूको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहेकाले जुनसुकै समस्याको विषयमा समाधान गर्न सकिने बताए ।

अध्यक्ष पाण्डेले सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकाउन्टेन्ट्सहरूको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जवाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्ने बताए ।