मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:४७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकले होटेल हिमालयन भिल्लामा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १६ बिहीबार ०७:४७:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नगरकोटको होटेल हिमालयन भिल्ला प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छुट दिने समझदारी भएको छ । बैंकका कार्डवाहक ग्राहकले उक्त होटेलमा लिएको सेवा–सुविधाको शुल्कमा ५० प्रतिशतसम्म छुट पाउने समझदारी भएको हो । 

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने बैंकले विश्वास व्यक्त गरेको छ । बैंकले हालसम्म कार्ड नभएका आफ्ना ग्राहकलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको जनाएको छ ।

त्यसैगरी बैंकले विभिन्न बचत खातामा आफ्ना कार्डवाहक ग्राहकको सुविधालाई ध्यानमा राखी नेपालभित्रका जुनसुकै बंैकको एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको जनाइएको छ ।  

हाल बैंकले देशभरमा एक सय ७६ शाखा, एक सय २८ एटिएम र ९६ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।