मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
बुटवलको तिनाउ नदीमा आएको बाढी । दुई दिनको झरीले नदीमा पानीको सतह बढ्दै गएको छ । तस्बिर : रासस
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १५ बुधबार १०:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशभर भारी वर्षा : शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १५ बुधबार १०:५६:००

मनसुनी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी न्यूनचापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भागनजिक) रहेकाले भारी वर्षा भएको हो ।

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने विभागले जनाएको छ । उक्त प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ ।

प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । लगातारको झरीले नदीमा पानीको सतह बढ्दै गएको छ भने तराईका कतिपय ठाउँ डुबानमा परेका छन् । 

रातको समयमा देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा साथै मधेस प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घन्टा देशभर बदली, सतर्कता अपनाउन अनुरोध

आगामी २४ घन्टा देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएकाे छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेकाे छ।