मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार १३ सोमबार २०:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नेपाल विदेशी शक्ति राष्ट्रको क्रीडास्थल बन्न थाल्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार १३ सोमबार २०:१३:००

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रीडास्थल बन्न थालेको बताएका छन् । काठमाडौंमा सोमबार राप्रपा नेपालका युवाहरूलाई सम्बोधन गर्दै अध्यक्ष थापाले लोकतन्त्र स्थापनाको १६ वर्षमा देशको अवस्था फर्केर पुरानै अवस्थामा आइपुगेको बताएका हुन् । 

थापाले पछिल्लो समय देशको राजनीति केही राजनीतिक दलका नेताहरूको कब्जामा रहेको बताए । अध्यक्ष थापाले देशलाई आफ्नो मुठीमा लिएका केही नेताहरूले सर्वसत्तावाद लाद्न थालेको आरोप लगाए । दलका नेताहरूको कारण राष्ट्रियतासमेत खतरामा परेको बताए । 

कमजोर बनिरहेको राष्ट्रियतामा विदेशी शक्ति केन्द्रको चलखेल र प्रभाव देखिएको बताए । उनले नेपाल विदेशी शक्तिको रणनीतिक प्रतिस्पर्धास्थल बनेको बताए । अध्यक्ष थापाले नेपालमा धर्म परिवर्तन डढेलो जसरी फैलिरहेको बताए । 

राप्रपा नेपालले प्रदेशस्तरीय स्वयंसेवकमार्फत पार्टीका एजेन्डाहरूलाई जनतामाझ लैजान एकदिने प्रशिक्षण दिएको छ । यसरी खटिने स्वयंसेवकले वडास्तरमा समेत कमिटी गठन गर्ने, भेला गर्ने, प्रचारप्रसार गर्ने र संगठन निर्माण गर्ने केन्द्रीय प्रशिक्षण विभाग प्रमुख सुशील श्रेष्ठले जानकारी दिए ।