१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सेन्चुरी बैंकको नयाँ बचत खाता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o१:oo

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ बचत खाना योजना सञ्चालनमा ल्याएको छ । बैंकले ‘सेन्चुरी हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको हो । 

यो खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्ने जनाइएको छ । सेन्चुरी हाइब्रिड बचत खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ । यस खातामा बैंकले भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो सेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराएको जनाइएको छ ।

कुनै पनि शाखाबाट खोल्न सकिने यस खातामा विभिन्न सेवाहरू विनाकुनै सर्त खाता सञ्चालन भएसम्म निःशुल्क उपलब्ध गराएको बैंकले जनाएको छ । बैंकले हाल देशभरमा एक सय ४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र एक सय १५ एटिएममार्फत सेवा दिइरहेको जनाएको छ ।

ad
ad