Skip This
सेयर बजारबारे सांसद महत : ‘अन्डा सकिएको कुखुरा’ किनेर राहत नमागाैँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार ९ बिहीबार १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सेयर बजारबारे सांसद महत : ‘अन्डा सकिएको कुखुरा’ किनेर राहत नमागाैँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार १४:३८:oo

माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले ‘अन्डा सकिएको कुखुरा’ किनेर सरकारसँग राहत नमाग्न सेयर लगानीकर्तालाई सुझाव दिएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसद महतले खराब वित्तीय अवस्था भएका कम्पनीलाई अन्डा सकिएको कुखुरासँग तुलना गर्दै यस्तो बताएका हुन्।

निश्चित कम्पनीको सेयर लगानीकर्ताले नाफा आउन्जेल राख्ने र नाफा आउन छाडेपछि बेच्ने उनले उल्लेख गरे। ‘अन्डा पार्न छोडेको कुखुरा’ किनेर घाटा भएपछि सरकारसँग राहत माग्न नमिल्ने उनको तर्क छ।

‘मलाई त सेयर बजार लेस कुखुराजस्तो लाग्छ। किनभने त्यसले जतिवेलासम्म फुल पार्छ किसानले पाल्छ र नाफा कमाउँछ। जब त्यसले फुल पार्न छोड्छ, बजार–बजारमा ल्याएर, बाटो–बाटोमा ल्याएर पाँच सय, तीन सय, दुई समयमा बिक्री गर्छ। त्यही लेस कुखुरा किनेर सेयर बजारका हाम्रा साथीहरू मलाई घाटा भयो, मलाई राहत चाहियो, म मर्छु जस्ता यावत् कुराहरू गर्छन्,’ उनले भने।