Skip This
साइनिङ आवासीय माध्यमिक विद्यालयले पायो ‘आइएसओ’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ६ सोमबार
  • Saturday, 27 July, 2024
२o७९ असार ६ सोमबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

साइनिङ आवासीय माध्यमिक विद्यालयले पायो ‘आइएसओ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ६ सोमबार १२:१६:oo

गैँडाकोट– ५, नवलपरासीमा रहेको साइनिङ आवासीय माध्यमिक विद्यालयले अन्तर्रास्ट्रिय मापदण्डको गुणस्तरचिह्न ‘आइएसओ’ प्राप्त गरेको छ । २०२२ को जनवरीमा ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने आइएसए ( इन्टरनेसनल स्कुल अवार्ड) प्राप्त गरेको विद्यालय १४ जुनमा आइएसओ ९००१ः२०१५ बाट प्रमाणित भएको हो । 

आइतबार उत्सव समारोहको आयोजना गर्दै विद्यालयले यस विषयमा जानकारी गराएको थियो ।  कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य लक्ष्मीप्रसाद दवाडीले युकेबाट प्राप्त यो अवार्ड  नवलपरासी जिल्लाकै पहिलो आइएसओ अवार्ड भएको बताए । 

उनका अनुसार शैक्षिक व्यवस्थापकीय उत्कृष्टता, संस्थापक तथा प्रशासकको अवस्थालगायतका २३ विषयको मूल्यांकन गरेर युएएसएल संस्थाले अवार्ड उपलब्ध गराएको दवाडीले बताए । प्रदान गरिएको प्रमाणपत्रलाई तीन वर्षपछि नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । यद्यपि, यो अवार्डलाई निरन्तरता दिन विद्यालयले अन्तर्राष्ट्रिय मापदण्डहरू थप गर्दै जाने बताएको छ ।

१२ कक्षासम्म पढाइ हुने यो विद्यालयमा करिब एक हजार विद्यार्थी अहिले अध्ययनरत छन् । साइनिङ आवासीय माध्यमिक विद्यालय ०५१ सालमा स्थापना भएको थियो ।