भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ रेक्टरको भूकम्प

शनिबार, २८ जेठ, २०७९
डिजिटल संस्करण

भूकम्पको धक्काले निदाइरहेका उपत्यकाबासी बिउँझिए पनि घर बाहिर भने निस्कनु परेन

भक्तपुर जिल्लाको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ३६ मिनेट जाँदा भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु भएर ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

केन्द्रका भूकम्पविद् सुजनकुमार सुवेदीले विसं २०७२ वैशाख १२ गते गोरखा भूकम्पपछि नेपालमा ४ रेक्टरस्केलभन्दा माथिका ५८३ परकम्प गएको बताए । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

भूकम्पको धक्काले सुतिरहेका उपत्यकाबासी बिउँझिएका थिए  । निदाइरहेकाे समयमा परकम्प गएकाे मानिसले थाहा पाए पनि घर बाहिर भने निस्कनु परेन ।  

See More On

सुझावित समाचार