१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १४:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् हेरफेर गर्ने विषय संयुक्त सरकारको सोचसँग मेल खाँदैन : गिरिराजमणि पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:५४:oo

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा बजेटबारे मन्त्रालयगत छलफल चलिरहेका वेला मन्त्रिपरिषद् हेरफेर गर्न नहुने बताएका छन् । 

सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको वेलामा मन्त्री फेर्न नमिल्ने बताएका हुन् । उनले अहिले मन्त्रिपरिषद् हेरफेर गर्नु संयुक्त सरकारको सोचसँग मेल नखाने पनि उल्लेख गरे । 

‘सरकारमा फेरबदल नै गर्नुपर्ने भए पनि, पहिलो त संयुक्त सरकार हो यो । संयन्त्र छ । आचारसंहिताहरू छन् । मन्त्रालयको छलफल प्रारम्भ गर्ने अनि मन्त्रीहरू बदल्छु भन्ने कहीँ मिल्छ त्यो ?’ उनले भने, ‘त्यो, संयुक्त सरकारको सोचसँग मेल खाएन ।’ उनले गठबन्धनका शीर्ष नेताहरू बसेर मन्त्री हेरफेर गर्ने निर्णय सच्याइसकेको बताए । 

ad
ad