१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
रासस काठमाडौं
२o८१ जेठ ५ शनिबार १५:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जापानी विदेशमन्त्री कामीकावाद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १५:२६:oo

नेपाल आएकी जापानकी विदेशमन्त्री कामीकावा योकोले आजै दिउँसो काठमाडौंको वसन्तपुर क्षेत्र अवलोकन गरेकी छिन्। उनी आज दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन्।

कामीकावाले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरूको अवलोकन गर्दै करिब आधा घण्टा बिताएकी थिइन्। अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन्। उनका साथमा नेपालका लागि जापानी राजदूत किकुता युताकालगायत थिए।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

ad
ad