१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेप्से परिसूचक ओरालो यात्रामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १६:१२:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आइतबार पनि ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.५८ अंकले ओरालो लागेर एक हजार नौ सय ७४.३७ मा सीमित भएको छ। कुल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता सेयर रु. तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो।

नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु. १२ करोड ६४ लाख ९९ हजार सात सय ५३ बराबरको कारोबार भयो।

यस्तै, डोल्टी पावर ९.५६, साधना लघुवित्त ८.७२, समता घरेलु लघुवित्त ८.७२, कुमारी बैंकको ऋणपत्र ४.०३ र नबिल ब्यालेन्स फन्ड तेस्रोका लगानीकर्ताले ३.८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

पिपल्स पावर ९.९२, सिँगटी हाइड्रोपावर इनर्जी ७.५५, हिमालयन डिस्टिलरी ६.३३, जानकी फाइनान्स ५.६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने ५.२३ प्रतिशत घाटा व्यहोर्नुपरेको छ। रासस

ad
ad