१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १४:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:३८:oo

प्रदेशमा आफ्नै विश्वविद्यालय स्थापना गर्ने उद्देश्यले बागमती विश्वविद्यालयको विधान तयार गरेको प्रदेश सरकारले विश्वविद्यालय स्थापनाको कामलाई थप तीव्रता दिएको छ। 

यस क्रममा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार हेटौँडा उपमहानगरपालिका– ८ मा रहेको प्रदेश शिक्षा निर्देशनालयको भवनमा बागमती विश्वविद्यालयको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्।

उनले प्रदेशमा स्थापना हुने सार्वजनिक विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने बताए। विश्वविद्यालय स्थापनाले शैक्षिक बेरोजगार न्यूनीकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे।

‘बागमती विश्वविद्यालय अरूभन्दा भिन्न र फरक उद्देश्यका साथ खुल्न लागेको हो। हामीले यसमा प्राविधिक र व्यावहारिक शिक्षालाई जोड दिन खोजेका छौँ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने प्राविधिक जनशक्ति उत्पादन हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विश्वविद्यालयलाई व्यवस्थित र स्थायित्व दिन नयाँ मोडलमा ऐन बनाएको उल्लेख गर्दै बागमती विश्वविद्यालयमा बोर्ड अफ ट्रस्टीको व्यवस्था गरिएको जानकारी दिए। उनले बागमती विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढाइएको दाबी पनि गरे।

कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा शिक्षाको गुणस्तर खस्किएकाले त्यसलाई बागमती विश्वविद्यालयले परिपूर्ति गर्नुपर्ने बताए। उनले शिक्षाका लागि बिदेसिने परम्परा बढेकोतर्फ सबैजना सचेत रहनुपर्ने उल्लेख गर्दै प्रदेश विश्वविद्यालयले व्यावहारिक र प्राविधिक शिक्षा दिन सके बिदेसिने क्रमलाई रोक्न सकिने बताए ।

प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रस्टिजको प्रमाणपत्र प्रदान गरेका थिए। बोर्ड अफ ट्रस्टिजको प्रमाणपत्र प्रदान गरेसँगै बागमती प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि थप प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ।

प्रदेश उच्च शिक्षा ऐन, २०७८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टिज), प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरिएको छ।

ad
ad