१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
तस्बिर : बालेका साहको फेसबुक पेजबाट
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नास्टको विज्ञटोलीले परीक्षण गर्‍यो कोल्पुखोलाको पानी र लिच्चड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५३:oo

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को विज्ञटोलीले सिसडोल पुगेर कोल्पुखोलाको पानी र लिच्चडको परीक्षण गरेको छ । मंगलबार डा. रवीन्द्र ढकाल, डा. टिष्टा प्रसाईं, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञटोलीले लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थानभन्दा नौ सय २० मिटर पर गरेर तीन मिटरको फरक–फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिएका छन् ।

 स्रोतबाट एक किलोमिटर परसम्मको पानीमा पनि प्रदूषणको मात्रा उच्च देखिएको र यसबाट सो स्थानमा जलसम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको  अध्ययनले देखाएको जनाइएको छ ।  पानी तथा लिच्चडको पूर्ण रिपोर्ट आगामी केही दिनमा थाहा हुने र पूर्ण रिपोर्ट प्राप्त भएपछि नास्टको टिमले नै त्यसको निरुपणका लागि विधि पनि सुझाव दिने जनाइएको छ ।  नास्टलगायत अन्य विज्ञहरूसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालीन र दीर्घकालीन समाधानबारे छलफल र अभ्यास गरिने मेयर साहको भनाइ छ ।  

मंगलबार नै अमृता पौडेलको नेतृत्वमा आएको टोलीले सिसडोल डाँडा अवलोकन गरेर सिसडोललाई गन्धरहित बनाउन चाहिने औषधिको मात्रा र छर्ने विधि निर्क्यौल गरेको छ । यसका लागि प्रारम्भिक कामहरू तीन दिनभित्र नै सुरु गर्ने गरी तयारी भइरहेको मेयर साहले जानकारी दिए । 

ad
ad