मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सौरभ यादव राजविराज
२०७९ जेठ २४ मंगलबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुटाइबाट गर्भ तुहिएपछि एक पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ जेठ २४ मंगलबार १९:०७:००

सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका– ४ मा छिमेकीको कुटाइबाट स्थानीय २२ वर्षीया रञ्जुदेवी मण्डलको गर्भ तुहिएको घटनामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार पीडितको जाहेरीको आधारमा ३९ वर्षीय शिवशंंकर मण्डल पक्राउ परेका हुन् । आरोपित अर्का एकजना भने फरार रहेको काफ्लेले बताए । 

कुटपिटका कारण अत्यधिक रक्तस्राव भएपछि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जचाउँदा गर्भ खेर गएको थियो । उक्त विषयमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि प्रहरीले चासो दिएको थियो ।