Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ १८ बुधबार १७:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित छैन : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
२०७९ जेठ १८ बुधबार १७:३१:००

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन् । बुधवार राष्ट्रिय सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शर्माले बजेट चुनावलाई लक्षित गरेर नल्याइएको स्पष्ट पारे । 

शर्माले प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूप्रति लक्षित गर्दै विगतमा अनुदान बाँडिएको अभ्यासको झझल्को अहिले पनि आइरहेको व्यंग्य गरे । उनले बजेट अनुदान नदिनेमा ढुक्क हुन प्रतिपक्ष दलहरूलाई आग्रह पनि गरे ।  

शर्माले भने, ‘बजेटमा चुनावलाई ध्यानमा राखेर पैसा बाँड्ने कार्यक्रम मात्रै बनाइयो भन्ने छ तर यहाँ कतै पैसा बाँड्ने काम छैन । अनुदान भन्ने कतै पनि छैन । अनुदान भनेर हिजो बाँडिएको अभ्यासको स्मरण होला । तर, यसमा बिल्कुल अनुदान छैन । प्रोत्साहन छ । किसानले दूध दुह्यो, त्यसले प्रोत्साहन पायो ।  प्रोत्साहन छ, अनुदान छैन । त्यसकारण यहाँ कतै बाँडिँदैन ।’

शर्माले प्रतिपक्षले इन्डक्सन चुलो बाँडेर भोट साट्न खोजेको आरोप लगाएको भन्दै प्रतिपक्षलाई पनि साथमा लिएर चुलो बाँड्ने कार्यक्रम बनाउने बताए । उनले नेपालको विद्युतीय संयन्त्रले २५ प्रतिशत मात्रै विद्युतीय उपकरणको प्रयोग धान्न सक्ने भएकोले त्यसैअनुसारका संरचनामा बजेटले जोड दिएको स्पष्ट पारे । 

अर्थमन्त्री शर्माले संरचनात्मक परिवर्तन प्रणालीका आधारमा सबै वर्ग र समुदायलाई समेटेर संविधानले प्रदान गरेका अधिकारहरूलाई कार्यान्वयन गर्न नयाँ सोचमा जानुपर्ने पनि बताए । उनले पुरानो संसदीय मान्यताका आधारमा विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए ।