मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १८ बुधबार
  • Saturday, 12 July, 2025
२o७९ जेठ १८ बुधबार o८:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जहाजकाे टिकट नपाएपछि भालुको आक्रमणबाट घाइते तामाङको उपचारमा समस्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १८ बुधबार o८:५o:oo

जहाजको टिकट नपाएपछि भालुको आक्रमणमा परी घाइते कुन्जेन तामाङलाई उपचारका लागि जिल्लाबाहिर लैजान समस्या भएको छ। उत्तरी नाम्खा गाउँपालिका– ४ याल्वाङमा घट्टको पुदालो ल्याउन जंगल गएका अन्दाजी ४८ वर्षीय कुन्जेन तामाङलाई भालुले आक्रमण गरी घाइते बनाएको थियो। जहाजकाे टिकट नपाएपछि उनको उपचारमा समस्या भएको छ। 

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट बाहिर जाने जहाजकाे टिकट नपाएपछि बिरामीलाई उपचार गर्न समस्या भएको बिरामीका भाइ तोपछिरिङ तामाङले गुनासो गरे । ‘जिल्ला अस्पतालबाट डाक्टरले उपचारमा बाहिर लैजान भनेको  छ ।  जहाजकाे टिकट नपाउँदा दाइको उपचार गर्न समस्या भयो,’ तामाङले भने।