जहाजकाे टिकट नपाएपछि भालुको आक्रमणबाट घाइते तामाङको उपचारमा समस्या

बुधबार, १८ जेठ, २०७९
डिजिटल संस्करण

जहाजको टिकट नपाएपछि भालुको आक्रमणमा परी घाइते कुन्जेन तामाङलाई उपचारका लागि जिल्लाबाहिर लैजान समस्या भएको छ। उत्तरी नाम्खा गाउँपालिका– ४ याल्वाङमा घट्टको पुदालो ल्याउन जंगल गएका अन्दाजी ४८ वर्षीय कुन्जेन तामाङलाई भालुले आक्रमण गरी घाइते बनाएको थियो। जहाजकाे टिकट नपाएपछि उनको उपचारमा समस्या भएको छ। 

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटबाट बाहिर जाने जहाजकाे टिकट नपाएपछि बिरामीलाई उपचार गर्न समस्या भएको बिरामीका भाइ तोपछिरिङ तामाङले गुनासो गरे । ‘जिल्ला अस्पतालबाट डाक्टरले उपचारमा बाहिर लैजान भनेको  छ ।  जहाजकाे टिकट नपाउँदा दाइको उपचार गर्न समस्या भयो,’ तामाङले भने। 

सुझावित समाचार