मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ जेठ १७ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १७ मंगलबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपमेयर डंगोलको पहिलो निर्णय : हिंसामा परेका महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १७ मंगलबार १३:३६:oo

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदबहालीपछि हिंसामा परेका महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने गरी पहिलो निर्णय गरेकी छिन्। आफ्नो चुनावी प्रतिबद्धताअनुसार उनले यस्तो निर्णय गरेकी हुन्।

उनले पदबहालीपछि आफ्नो प्रतिबद्धताअनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाको संरक्षण, आवश्यक कानुनी सहयोग तथा सहजीकरण र आत्मरक्षाको तालिमलगायतको व्यवस्थापनका लागि महानगरपालिकाका सबै वडामा ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छिन्।

सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्नेछ। उनको चुनावी प्रतिबद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ। ‘सभ्य र शान्त समाज निर्माणका लागि वुमन सेल आवश्यक छ भनेर यसलाई प्राथमिकतामा राखिएको हो,’ उनले भनिन्।

त्यसैगरी, उनले पदबहालीपछि मेलमिलापकर्तालाई आह्वान गर्न मेलमिलापको सूची अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा समेत हस्ताक्षर गरेकी छिन्।