Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १४ शनिबार २२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लोमान्थाङकाे गुम्बा विद्यालयलाई भारतीय सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ १४ शनिबार २२:०१:००

भारत सरकारको अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाँउपालिका–३ छोन्हुपस्थित श्रीपाल एवं नाम्ग्याल गुम्बा विद्यालयको स्तरोन्नत भवनको उद्घाटन भएको छ । नेपालका लागि भारतीय कार्यवाहक राजदूत नामग्य सी खम्पाले लोमान्थाङ पुगेर भवन उद्घाटन गरेकी हुन् । उनले उक्त विद्यालयलाई एउटा स्कुल बस र घरपझोङ गाँउपालिकालाई एउटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेकी छिन् । 

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रमअन्तर्गत एवं उच्च प्रभाव सामुदायिक विकास परियोजनाअनुरूप विद्यालय भवन निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ । संरचनाको निर्माणमा दुई करोड ६३ लाख रुपैयाँ खर्च भएको छ । जिल्ला समन्वय समिति मुस्ताङले भवन निर्माण परियोजना कार्यान्वयन गरेको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक रहेको भारतीय दुतावासले जनाएको छ । 

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ । स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातैवटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये मुस्ताङ जिल्लाका १५ गरी गण्डकी प्रदेशमा ५७ वटा परियोजना सम्पन्न भएका छन् ।