मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ १३ शुक्रबार
  • Thursday, 10 July, 2025
गगन अयडी बाजुरा
२o७९ जेठ १३ शुक्रबार १६:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढीगंगाको मतगणना सुरु गर्न माग गर्दै एमालेद्वारा विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o७९ जेठ १३ शुक्रबार १६:४३:oo

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनलाई निर्वाचन आयोगले जनताको जनमतविरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुराले विरोध प्रदर्शन गरेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना नगरी पुनः निर्वाचन गराउने निर्वाचन आयोगको निर्णयप्रति एमालेले बाजुरामा विरोध प्रदर्शन गरेको नेकपा एमाले बाजुराले बताएको छ ।

निर्वाचन आयोग नेपालले जेठ १२ गते बिहीबार बुढीगंगा नगरपालिकाभरिको निर्वाचनलाई रद्द गरेर पुनः निर्वाचन गराउन विज्ञप्ति निकालेको छ । नेपाली कांग्रेसले २, ३, ५ र ९ नम्बरमा नेकपा एमालेले बुथ कब्जा गरेको आरोप लगाउँदै आएको छ भने नेपाली कांग्रेसले ४ र ७ नम्बरमा बुथ कब्जा गरेको आरोप एमालेको छ । नेकपा एमालेले जनताले गरेको मतदानको कदर गर्दै यथाशीघ्र मतगणना हुनुपर्ने माग राख्दै आएको छ ।  कांग्रेसले पुनः  निर्वाचनको माग राखेको थियो ।

एमाले कार्यकर्ता साफे–मार्तडी सडक अवरुद्ध गर्दै दिनेश थपलिया मुर्दावाद, निर्वाचन आयोग मुर्दावाद, परमादेशी सरकार मुर्दावाद, जिल्ला प्रशासन कार्यालयमा मुर्दावादलगायतका नारासहित सडकमा उत्रिएका छन् । उनीहरूले डाव बजार, मालिका बजार, रिठा बजार, बेतालमाण्डौ बजारमा चक्काजाम सुरु गरेका छन् । त्यसैगरी, भमक बाजार, बाम्का बजार, फालासेन बजार, ताँप्रिसेरा बजार र बल्दे बजारमा समेत चक्काजाम गरेका छन् ।