१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Saturday, 05 July, 2025
फाइल फाेटाे ।
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ १२ बिहीबार १३:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतगणना सकिएलगत्तै समर्थकद्वारा आयाेजित र्‍यालीमा बालेन सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार १३:३१:oo

काठमाडौं महानगरपालिकाको मतगणना सकिएपछि बालेन्द्र साह (बालेन)का शुभचिन्तकले धन्यवाद ज्ञापनसहित र्‍याली आयोजना गर्ने भएका छन्। मेयरमा निर्वाचित भएकाे घाेषणा हुनेबित्तिकै उनका समर्थकले  र्‍याली आयाेजना गर्दै छन्।

मतगणना सकिएपछि र्‍याली आयोजना हुने र उक्त र्‍यालीमा सहभागी भएर बालेनले मतदातालाई धन्यवाद ज्ञापन गर्ने उनका समर्थक पूर्वसचिव भीम उपाध्यायले जानकारी दिएका छन्। काठमाडौं महानगरको मतगणना नसकिँदै स्वतन्त्र उम्मेदवार बालेनको जित निश्चित भइसकेको छ।

उक्त र्‍याली राष्ट्रिय सभागृहबाट सुरु भएर भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर, स्वयम्भू, बालाजु, महाराजगन्ज, चाबहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक हुँदै बागबजारसम्म पुग्नेछ।

उपाध्यायका अनुसार र्‍यालीका क्रममा बालेनले आफूलाई मतदात गर्ने मतदाता तथा शुभेच्छुकहरूलाई धन्यवाद दिनेछन्। यसबाहेक शुक्रबार बिहान पनि विजयी र्‍याली आयोजना गरिनेछ। यद्यपि, विजय र्‍याली मनाउन उपत्यकाबाहिरबाट आफ्ना समर्थक र शुभेच्छुकलाई दुःख नपाउन बालेनले आग्रह गरेका छन्।