१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ जेठ ११ बुधबार १०:४२:००
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

१४ उम्मेदवार, जसले आफूले आफैँलाई मत दिएनन्

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ जेठ ११ बुधबार १०:४२:००

३० वैशाखमा सम्पन्न भएको दोस्रो स्थानीय तहको निर्वाचनमा सहभागी भएका कञ्चनपुरका १४ जना उम्मेदवारले एक मत पनि ल्याउन सकेनन् । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिमाणअनुसार वडाध्यक्ष, उपप्रमुख र प्रमुखका पदमा चुनाव लडेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले एक मत पनि ल्याउन सकेनन् ।

उनीहरू आफैँले आफैँलाई पनि मत नदिएको पाइन्छ । आफूप्रति नै विश्वास नभएका नेताहरू पनि चुनाव लडेको पाइन्छ । कृष्णपुर नगरपालिका– ९ बाट वडाध्यक्षमा जसपाबाट चुनाव लडेका नरबहादुर चौधरी, बेलडाँडी– २ बाट वडाध्यक्षमा चुनाव लडेका दीपेन्द्रसिंह धामी, बेलडाँडी– ५ बाट वडाध्यक्षमा जनमोर्चाबाट चुनाव लडेका दासु राना, बेलडाँडी– ८ मा स्वतन्त्रबाट चुनाव लडेका पदमसिंह धामी, भीमदत्त– ११ वडाध्यक्षमा नेपाल दलित पार्टीबाट चुनाव लडेका नवराजसिंह औजी, भीमदत्त– १९ वडाध्यक्षमा स्वतन्त्रबाट चुनाव लडेका सुदीप कुँवर, शुक्लाफाँटा– ७ वडाध्यक्षमा स्वतन्त्रबाट हरकसिंह ठगुन्ना र रामबहादुर ठगुन्नाले एक मत पनि ल्याउन सकेनन् । 

बेलडाँडी उपाध्यक्षमा जनमोर्चाबाट उठेकी रोशना थापामगर, दोधारा–चाँदनीमा राष्ट्रिय जनमुक्ति पार्टीकी शान्ति सुनार र बेलडाँडी प्रमुखमा जनमोर्चाबाट अहिमान थापामगर र बेदकोट प्रमुखमा स्वतन्त्रबाट उठेका अच्युतप्रसाद चटौतले शून्य मत ल्याएका हुन् । उनीहरूले उम्मेदवारी दर्ता गरेर कसैको विश्वास र अरूलाई साथ दिएकाले एक मत पनि ल्याउन नसकेको स्थानीय दलहरूको भनाइ छ । राजनीतिमा आफैँले आफैँलाई विश्वास नगर्नेहरूले किन राजनीतिका हाम फाल्नुपर्ने भन्दै उनीहरूको टीका–टिप्पणी भइरहेको छ । अघिल्लो चुनावमा पाँचजनाले एक मत पनि ल्याएका थिएनन् । अहिले १४ जना उम्मेदवारले शून्य मत  ल्याएका छन् ।