१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निरन्तर बढ्दो महँगीविरुद्ध विराटनगरमा प्रर्दशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:oo:oo

निरन्तर बढ्दो महँगीविरुद्ध विराटनगरमा प्रदर्शन भएको छ । विराटनगरवासीहरूले प्रदेश १ को मुख्यमन्त्री कार्यालयअगाडि मंगलबार प्रदर्शन गरेका हुन् । श्रृङ्खलाबद्ध रूपमा मूल्यबृद्धि भैरहे पनि सरकार कतै नदेखिएको भन्दै विराटनगरको रोडशेष चोकस्थित मुख्यमन्त्री कार्यालयअगाडि नागरिकहरूले प्रदर्शन गरेका हुन्। 

विराटनगर महानगरपालिका टोल संगठन समन्वय समिति, उपभोक्त्तावादी संगठन पब्लिक फोरमलगायतका विभिन्न नागरिक  संगठनहरूसमेत सहभागी भएर मंगलबार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म महँगीविरुद्ध प्रर्दशन भएको थियो । 

प्रदर्शनमा सहभागीले ‘महँगी र भ्रष्टाचार संघीय व्यवस्थाको उपज हो ?’  ‘संघ र प्रदेश सरकार किन चुपचाप बसेको ?’ ‘खाना पकाउने ग्यासमा लागको कर मिनाहा गर’ ‘अत्यावश्यक वस्तुमा सब्सिडी लागू गर’ लगायतका प्लेकार्ड बोकेका थिए । 
 

ad
ad